Holika (Sanskrit: होलिका) was a demoness in Hindu Vedic scriptures, who was burnt to death with help of God Vishnu. She was the sister of King Hiranyakashipu and aunt of Prahlad. The story of Holika dahan (Holika's death) signifies the triumph of good over evil. Holika is associated with the annual bonfire on the night before Holi, the Hindu festival of colors. For many traditions in Hinduism, Holi celebrates the death of Holika in order to save Prahlad and we see where Holi gets its name. The night before Holi, pyres are burnt in North India in keeping with this tradition. It should also be noted that in some parts of India the day is actually called Holika[citation needed]. There are other activities associated with the story of Prahlad, but the burning of Holika is the one that we can most directly associate with Holi. The story as a whole is testament to the power of devotion (bhakta) over the evil represented by King Hiranyakashyapu, as Prahlad never lost his faith.
वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र गाविस वडा नं.–१ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ।. यो स्थान सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ। वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो। वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए। वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्। त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन्।
वराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट भइनै रहन्छ। तर पनि यहाँ ठूलाठूला मेलाहरू लाग्ने अवसर भने कार्तिक पूर्णिमा र मकर संक्रान्ति हुन्। कार्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारत तिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरू बराहक्षेत्रमा आउने गर्दछन्। यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन्। तसर्थ उक्त स्थानमा दिनहुँजसो मेला लाग्ने जस्तो महशुस हुने गर्दछ। वराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो। धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ। पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ। वराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत यस स्थानको पर्यटनको विकासको संभावना लाई थप टेवा पुर्याएका छन्।[१]